उद्योग पर्यटन तथा वातावरण समिति

नेपालको संविधानको धारा १९३ बमोजिम प्रदेश सभा नियमावली २०७४ को नियम १४६ को उपनियम (५) बमोजिम यस प्रदेश सभामा पाँच वटा विषयगत समितिहरु रहने प्रावधान अनुसार २०७४ साल चैत्र १५ गते उद्योग, पर्यटन तथा वातावरण समिति गठन भई समितिको पहिलो बैठक बसेको थियो । यस समितिको कार्यक्षेत्र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय रहेको छ । समितिमा रहनु भएको माननीयहरुको र माननीय मन्त्रिज्यूको बिचमा परिचयात्मक कार्यक्रम सम्पन्न भए पछि समितिमा रहनु भएको जेष्ठ सदस्य माननीय नरोत्तम बैद्यको अध्यक्षतामा बसेको बैठकबाट उद्योग पर्यटन तथा वातावरण समितिको सभापतिमा माननीय श्री रमा आले मगर निर्विरोध निर्वाचित भई कार्यरत हुनुहुन्छ । यस समितिमा सभापति सहित १९ जना माननीयज्यूहरु रहनु भएको छ ।

 

इमेल :udhyog@bagamati.gov.np

 

 

मिति नाम/शिर्षक
नाम/शिर्षक
नाम/शिर्षक