प्रदेश सभाका पछिल्ला गतिविधिहरु

प्रकाशित मिति : डिसेम्बर 2, 2018

प्रदेश सभा

प्रदेश नं.३

दोस्रो अधिवेशन

एकसठीयौं बैठक

सूचना पत्र

(बैठकको कारवाहीको संक्षिप्त विवरण)

२०७५ साल पौष १२ गते विहीवार दिनको ५.१५ बजे

 

प्रदेश नम्बर तीनको प्रदेश सभाको आजको दोस्रो बैठक सभाका सभामुख माननीय श्री सानुकुमार श्रेष्ठको अध्यक्षतामा १ः.१५ मा बस्यो ।आजको बैठकमा माननीय मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा अर्थ तथा विकास समितिले गरेको निर्णयको प्रतिवेदन सहितको विधेयक सभामा छलफल गरियोस् भनी राख्नु भएको प्रस्ताव सर्व सम्मतिले पारित भयो ।

त्यसपछि समितिको प्रतिवेदनको सम्बन्धमा मा. श्री रमेश पौडेलले आफ्नो धारणा राख्नु भयो । छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ माननीय मुख्यमन्त्रीले दिनु भयो ।

तदुपरान्त माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेलले समितिको प्रतिवेदन सहितको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित भयो ।

तत्पश्चात् माननीय सभाामुखबाट प्रदेश सभाको दोस्रो अधिवेशनमा भए गरेका कार्य र पारित गरिएका र प्रक्रियागत रुपमा रहेका विधेयकहरुको जानकारी गराउँदै प्रदेश सभा सञ्चालनमा सहयोग पु¥याउने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

अन्त्यमा माननीय प्रदेश प्रमुखबाट अधिवेशन अन्त्य गरिएको वारेको पत्र पढेर सुनाउनु हुँर्दै प्रदेश नम्बर तीनको प्रदेश सभाको दोस्रो अधिवेशन सम्बत् २०७५ साल पौष १२ गते राति १२.०० बजे अन्त्य हुने गरी ६.१५ मा बैठक स्थगित गर्नु भयो ।

 

 

प्रदेश सभा

प्रदेश नं.३

दोस्रो अधिवेशन

साठीयौं बैठक

सूचना पत्र

( बैठकको कारवाहीको संक्षिप्त विवरण)

२०७५ साल पौष १२ गते विहीवार दिनको १.०० बजे

 

प्रदेश नम्बर तीनको प्रदेश सभाको आजको बैठक सभाका सभामुख माननीय श्री सानुकुमार श्रेष्ठको अध्यक्षतामा १.१५ मा बस्यो । आजको बैठकको प्रारम्भमा माननीय प्रदेश प्रमुखको कार्यालयबाट देहायको विधेयक प्रमाणीकरण भै आएको व्यहोराको पत्र सभामा पढेर सुनाउनु भयो ।

(१) प्रदेश संस्था दर्ता सम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयक ।

(२) प्रदेश कार्य सञ्चालन कोषको व्यवस्था गर्न बनेको विधेयक ।

(३) प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

(४) प्रदेश प्राविधिक शिक्षा परिषद्को स्थापना र सञ्चालन गर्न बनेको विधेयक ।

(५) प्रदेस सञ्चार माध्यम व्यवस्थापन सम्बन्धी विधेयक ।

आजैको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मा. श्री अरुणप्रसाद नेपाललले प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक र प्रदेशभित्रको औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक तथा  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मा. श्री दावा दोर्जे लामाले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचार गरियोस् भनी राख्नु भएका प्रस्तावहरु सर्वसम्मतिले पारित भए ।

उक्त विधेयकहरुमध्ये राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक माथिको सामान्य छलफलमा देहायका मा.सदस्यहरुले भाग लिनु भएको थियो ।

(१) मा. श्री प्रभात तामाङ   (२) मा.श्री रमा आले मगर

(३) मा.श्री रमेश पौडेल       (४) मा.श्री रीना गुरुङ

(५) मा.श्री कृष्णप्रसाद भुर्तेल         (६) मा.श्री बलराम पौडेल

(७) मा.श्री वसन्त मानन्धर (८) मा.श्री सुरेन्द्रराज सेढाई

(९) मा. श्री केशवप्रसाद पोखरेल    (१०) मा.श्री रामेश्वर फुयाल

(११) मा.श्री प्रेमवहादुर पुलामी     (१२) मा.श्री न्हुच्छेनारायण श्रेष्ठ

 

त्यसैगरी प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको सामान्य छलफलमा देहायका माननीय सदस्यहरुले भाग लिनु भयो ।

(१) मा. श्री विजया के.सी.   (२) मा.श्री  कुसुमकुमार कार्की

(३) मा.श्री बलराम पौडेल  (४) मा.श्री  वद्रि मैनाली

(५) मा.श्री केशवप्रसाद पोखरेल     (६) मा.श्री सीता अधिकारी

(७) मा.श्री सुरेन्द्रराज सेढाई           (८) मा श्री नारायणवहादुर सिलवाल

(९) मा. श्री रीना गुरुङ       (१०) मा.श्री जीवन डंगोल

(११) मा.श्री रामेश्वर फुयाल (१२) मा.श्री भावना सुवेदी

(१३) मा. श्री प्रभात तामाङ (१४) मा. श्री रमा आले मगर

(१५) मा.श्री कृष्णप्रसाद भुर्तेल       (१६) मा. श्री वसन्त मानन्धर

(१७) मा. श्री रमेश पौडेल   (१८) मा. श्री शोभा शाक्य

(१९) मा.श्री हिरानाथ खतिवडा

 

त्यसपछि प्रदेशभित्रको औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक माथिको सामान्य छलफलमा देहायका माननीय सदस्यहरुले भाग लिनु भयो ।

(१) मा. श्री मिना ज्ञवाली नेपाल    (२) मा.श्री  केशवराज पाण्डे

(३) मा.श्री हिरानाथ खतिवडा       (४) मा.श्री निमा लामा

(५) मा.श्री वद्रि मैनाली       (६) मा.श्री बुद्धिमान माझी

(७) मा.श्री छिरिङ्ग दोर्जे लामा     (८) मा.श्री सृजना सायजु

(९) मा.श्री रीना गुरुङ्ग      (१०) मा.श्री शोभा शाक्य

(११) मा.श्री रामेश्वर फुयाल (१२) मा. श्री प्रभात तामाङ्ग

(१३) मा.श्री रमेश पौडेल    (१४) मा.श्री जीवन डंगोल

(१५) मा.श्री शान्तिप्रसाद पौडेल

अन्त्यमा छलफलमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनु भएको थियो ।

तदनन्तर सभाको बैठक ४.४५ बजे आधा घण्टाको लागि स्थगित भयो ।

 

 

 

प्रदेश सभा

प्रदेश नं.३

दोस्रो अधिवेशन

उनान्साठीयौं बैठक

सूचना पत्र

(बैठकको कारवाहीको संक्षिप्त विवरण)

२०७५ साल पौष ११ गते बुधवार दिनको १.०० बजे

 

प्रदेश नम्बर तीनको प्रदेश सभाको आजको बैठक सभाका माननीय सभामुख श्री सानुकुमार श्रेष्ठको अध्यक्षतामा दिनको १.०० बजे प्रारम्भ भयो । आजको बैठकमा अर्थ तथा विकास समितिका सभापति मा. श्री सरेश नेपालले प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि अर्थ तथा विकास समितिले गरेको निर्णयको प्रतिवेदन सहितको विधेयक पेश गर्नु भयो ।

त्यसपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुणप्रसाद नेपालले प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक पेश गर्नु भयो ।

तदुपरान्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय दावा दोर्जे लामाले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नु भयो ।

तदनन्तर सभाको बैठक २०७५ साल पौष १२ गते १.०० बजे बस्ने गरी १.१५ बजे स्थगित भयो ।

 

 

 

प्रदेश सभा

प्रदेश नं.३

पहिलो अधिवेशन

पहिलो बैठक

सूचना पत्र

(कारवाहीको संक्षिप्त विवरण)

२०७४ साल माघ १८ गते  विहीवार दिनको १.०० बजे

 

प्रदेश नम्बर तीनको प्रदेश सभाको आजको बैठक सभाका ज्येष्ठ सदस्य माननीय श्री डोरमणि पौडेलको अध्यक्षतामा बस्यो । सर्वप्रथम सभामुखले नेपाल संघीय व्यवस्थामा प्रवेश गरेपछि कायम भएको प्रदेश नम्बर तीनको प्रदेश सभाको यो ऐतिहासिक  प्रथम अधिवेशनकोे पहिलो बैठकमा पाल्नु भएका  सबै दलका माननीय सदस्यहरुलाई स्वागत गर्नु भयो ।

त्यसपछि माननीय सभामुखले माननीय प्रदेश प्रमुख अनुराधा कोइरालाबाट नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बत् २०७४ साल माघ १८ गते  विहीवार दिनको १.०० बजे प्रदेश सभा भवन, हेटौडा मकवानपुरमा प्रदेश नम्वर ३ को प्रदेश सभाको पहिलो अधिवेशन आह्वान  गर्नु भएको मिति २०७४।१०।११ को पत्र पढेर सुनाउनु भयो ।

यसपछि लोकतन्त्र र प्रजातन्त्र प्राप्तीको लागि जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात शहिदहरुप्रति एक मिनेट उठेर मौनधारण गरी श्रध्दाञ्जली अर्पण गरियो ।

प्रदेश सभको बैठकमा देहायका माननीय सदस्यहरुले आफ्ना भनाई राख्नु भयो

(१)  माननीय श्री अष्टलक्ष्मी शाक्य           २. माननीय श्री शालिकराम जमकट्टेल

(३) माननीय श्री इन्द्रबहादुर बानियाँ                  (४) माननीय श्री रमेश पौड्याल

(५) माननीय श्री सुरेन्द्र गोसईँ                  (६) माननीय श्री रीना गुरुङ

(७) माननीय श्री रीता माझी                   (८) माननीय श्री प्रेमबहादुर तामाङ

 

प्रदेश सभाका बैठकहरु सञ्चालन गर्न, बैठकमा सुव्यवस्था कायम गर्न, आवश्यक समितिहरु गठन गर्न र अन्य काम कारबाहीहरु नियमित एवं प्रभावकारी बनाउन प्रदेश सभाले एक नियमावली बनाउनु आवश्यक हुन्छ । तर प्रदेश सभाले नियमावली नबनाएसम्मको लागि सभाका बैठकहरु सञ्चालन गर्न प्रदेश सभाको कार्य सञ्चालन गर्न यस सभामा प्रतिनिधित्व भएका दलका प्रतिनिधिहरुको छलफलबाट तयार भएको प्रस्तावना, तीस वटा दफा र चार वटा अनुसूची रहेको प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ पारितको लागि प्रदेश नम्बर तीनको प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत हुँदा सो प्रस्ताव सर्व सम्मतिले पारित भयो ।

प्रदेश नम्बर तीनको प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा ५ को उपदफा (३) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न निम्नलिखित माननीय सदस्यहरु अनुमोदन भयो ।

(१) माननीय श्री रामेश्वर फुयाँल              (२) माननीय श्री घनश्याम दाहाल

(३) माननीय श्री गीता वाग्ले                   (४) माननीय श्री शोभा शाक्य

प्रदेश नम्बर तीनको प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा (१) बमोजिम प्रदेश सभाको सभामुखको निर्वाचनको लागि २०७४ माघ २७ गते शनिबार दिनको ३.०० बजेको समय तोकी उक्त कार्यविधि बमोजिम निर्वाचन कार्यक्रम आजै प्रकाशित गर्न प्रदेश सभाका सचिव डाक्टर रोजनाथ पाण्डेलाई निर्देशन दिनु भयो ।

तदनन्तर सभाको बैठक २०७४ साल माघ २७ गते सोमबार दिनको ३.०० बजेसम्मको लागि स्थगित भयो ।