अपडेटहरु: प्रश्न उत्तर कार्यक्रम !!!         प्रदेश सभाको २०७६ साल भाद्र २४ गतेको बैठकबाट पारित प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (१६/०७६) मिति २०७६।०६।२८ मा माननीय प्रदेश प्रमुखबाट प्रमाणिकरण भै आएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ । !!!         प्रदेश सभाबाट २०७६ साल भाद्र १० र ११ गतेको बैठकबाट पारित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (१४/०७६) र प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक (१५/०७६) मिति २०७६।०६।०२ मा माननीय प्रदेश प्रमुखबाट प्रमाणिकरण भै आएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ । (रामशरण घिमिरे) सचिव !!!         प्रदेश सभा दर्पण आषाढ २०७६ (दोस्रो अङ्क) !!!         LIVE – प्रदेश सभा प्रदेश नं ३ !!!         माननीय प्रदेश प्रमुखज्यूबाट प्रदेश सरकार प्रदेश नं ३ को आ‍.व. २०७६/७७ को नीति तथा कार्यक्रमको प्रस्तुती – मिति २०७६ जेठ १४ गते, प्रदेश सभा, हेटौंडा !!!         प्रदेश सभा दर्पण २०७५ !!!        
bootstrap image slider by WOWSlider.com v8.8

सभामुख /उपसभामुख

माननीय सानु कुमार श्रेष्ठ

सभामुख थप जानकारी

माननीय राधिका तामाङ

उपसभामुख थप जानकारी
प्रदेश सभा

प्रदेश सभा

नेपालको संविधानको धारा ५६(२) बमोजिम राज्यशक्तिको प्रयोग संघ,  प्रदेश र स्थानीय तहले कानून बमोजिम हुने ब्यवस्था रहेको र धारा १७५ बमोजिम पहिलो हुने निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यबाट प्रदेश सभाको गठन हुने प्रावधान मुताविक संविधानको अनुसुचि ४ बमोजिम उल्लेखित १३ जिल्ला (मकवानपुर, चितवन, धादिंग, रसुवा, नुवाकोट, काठमाडौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा) का  ११० जना माननीय सदस्यहरु सम्मिलित यस प्रदेश सभा प्रदेश नं. ३ गठन भएको छ ।

पहिलो हुने निर्वाचन बाट निर्वाचितबाट ६६ ‍जना,  समानुपातिकबाट ४४ जना,  दलगत तर्फ तत्कालिन नेकपा एमाले बाट ५८ जना,  तत्कालिन नेकपा माओवादी केन्द्रबाट २३ जना, कांग्रेसबाट २१ जना,  विवेकशील साझा पार्टीबाट ३ जना,  नेपाल मजदुर किसान पार्टीबाट २ जना , राप्रपा प्रजातान्त्रिकबाट १ जना,  राप्रपाबाट १ जना, स्वतन्त्र (नयां शक्ति पार्टी) बाट १ जना माननीय सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।

२०७४ माघ ७ मा प्रदेश सभा सदस्यको सपथग्रहण पश्चात प्रदेश सभा, प्रदेश नं. ३ को  २०७४ साल माघ १८ गते पहिलो बैठक बसेको थियो ।

प्रदेश सभाका पदाधिकारीहरुमा सभामुखमा माननीय सानुकुमार श्रेष्ठ, उपसभामुखमा माननीय राधिका तामाङ, प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीति दलको संसदीय दलका नेतामा माननीय डोरमणी पौडेल,  प्रदेश सभामा विपक्षी दलका नेतामा माननीय इन्द्र बहादुर बानिया, मुख्य सचेतकमा माननीय रामेश्वर फुयाल,  प्रमुख सचेतकमा माननीय राधा घले, सचेतकहरुमा क्रमश: नेकपा एमालेबाट दिपक निरौला , नेकपा माओवादीबाट केन्द्रबाट माननीय बुद्धीमान माझी,  कांग्रेसबाट माननीय छिरिङ दोर्जे लामा, नेपाल मजदुर किसान पार्टीबाट माननीय सुरेन्द्र राज गोसाइ,  विवेकशील साझा पार्टीबाट माननीय रमेश पौडेल, राप्रपाबाट माननीय रिता माझी, राप्रपा प्रजातान्त्रिकबाट माननीय रिना गुरुङ  र सभाका माननीयसदस्यहरु तथा प्रदेश सभाका सचिवको रुपमा  श्री रामशरण घिमिरे रहेका छन् ।

यस सभामा मिति २०७४ साल चैत्र १५ मा ५ वटा विषयगत समिति र सभा संचालन सहजताका लागि कार्यब्यवस्था परामर्श समिति, नियामवली संशोधन समिति तथा स्थायी राजधानीको टुंगो गठन भइ समसामयिक विषयमा नियमित छलफल गरि सम्बद्ध निकायहरुमा निदर्शन दिने कार्य हुंदै आएको छ ।

कार्यब्यवस्था समितिमा सभामुखको अध्यक्षतामा १४ जना माननीय सदस्य, उद्योग पर्यटन तथा वातावरण समितिमा माननीय रमा आले मगरको सभापतित्वमा १९ जना माननीय सदस्य, अर्थ तथा विकास समितिमा माननीय सरेस नेपालको सभापतित्वमा २० जना माननीय सदस्य,  प्रदेश मामिला समितिमा माननीय माधव पौडेलको सभापतित्वमा २१ जना माननीय सदस्य,  सार्वजनिक लेखा समितिमा माननीय न्हुच्छे नारायण श्रेष्ठको सभापतित्वमा २१ जना माननीय सदस्य, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा माननीय घनश्याम दाहालको सभापतित्वमा १९ जना माननीय सदस्यहरु रहेका छन् ।प्रदेश राजधानिको सम्भाब्यता अध्ययन विशेष समितिमा माननीय दिपक निरौलाको सभापतित्वमा १३ जना माननीय सदस्य, नियमावली संशोधन मस्यौदा समितिमा माननीय रामेश्वर फुयालको सभापतित्वमा ७ जना माननीय सदस्यहरु रहेका छन् ।