अर्थ तथा विकास समिति
प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न विषयगत समिति र विशेष समिति गठन गर्न सकिने व्यवस्था रहेको छ । प्रदेश सरकारलाई प्रदेश सभा प्रति उत्तरदायी र जवाफदेही बनाउन, प्रदेश सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मुल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन समेतका लागि प्रदेश सभामा संविधानको धारा १९३ बमोजिम बागमती प्रदेश सभामा ५ वटा समिति रहेका छन । प्रदेश सभा नियमावली, २०७४ को नियम १४९ को उप नियम (५) मा भएको व्यवस्था अनुसार अर्थ तथा विकास समितिको गठन भइ मिति २०७४ चैत १५ बसेको समितिको बैठकबाट समितिको सभापतिमा माननीय सरेश नेपाल निर्विरोध निर्वाचित हुनु भएको । समितिमा २० जना माननीय सदस्यज्यूहरु रहनु भएको छ ।
अर्थ तथा विकास समितिको कार्य क्षेत्र
१ आर्थिक मामिला तथा योजना मन्त्रालय
२ भौतिक पुर्वाधार तथा विकास मन्त्रालय
३ प्रदेश नीति तथा योजना आयोग
४ प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन
ईमेलः artha@bagamati.gov.np
मिति | नाम/शिर्षक |
---|
नाम/शिर्षक |
---|
नाम/शिर्षक |
---|
समिति

माननीय सरेश नेपाल
सभापति, ९८५१०१३४२३